>

Saturday, June 18, 2022

धादिङको मैदीमामा मलामी बोकेको ट्रक दुर्घटना हुँदा ११ जना घाइते

 धादिङ, ४ असार । धादिङको ज्वालामुखी गाउँपालिका ३ मैदीमा मलामी बोकेको स्वराज गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

शुक्रबार राति करिब १० बजे मलामी बोकेर जाँदै गरेको बा ४ ख १२२९ नम्बर को स्वराज गाडी नीलकण्ठ नगरपालिका ८ मैदीभन्ज्याङमा आफै अनियन्त्रित भई सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।


dhading


घाइते भएकाहरूमध्ये गाउँपालिका–२ का ४६ वर्षीय शिव कुमार श्रेष्ठ, वडा नम्बर ३ का १५ वर्षीय अशोक श्रेष्ठ, सोही ठाउँका ४० वर्षीय पदम बहादुर मगर, २५ वर्षीय नारायण श्रेष्ठ र धनबहादुर मगरको भने काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

बाँकी ६ जनाको भने धादिङ अस्पतालमा उपचारपश्चात् डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Write Comment Below: