Weather Today Nepal | छाता लिएर हिँड्नुहोस्, आज यी क्षेत्रमा हुँदैछ भारी वर्षा
काठमाडौं । नेपालका चार वटा प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको प्रभाव रहेको छ ।
अन्य भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको महाशाखाले जनाएको छ ।
आगामी २४ घन्टामा देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, मधेश, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Today
Partly to generally cloudy throughout the country. Light to moderate rain with thunder and lightning is likely to occur at some places of Province 1, Madesh Province, Bagmati Province and Gandaki Province and at a few places of rest of the provinces.
Tonight
Partly to generally cloudy in Province 1, Madesh Province, Bagmati Province and Gandaki Province and Partly cloudy to mainly fair rest of the Provinces. Light to moderate rain with thunder and lightning is likely to occur at some places of Province 1 and at a few places of Madesh Province, Bagmati Province and Gandaki Province.