>

Saturday, June 18, 2022

Harka Raj Rai Working hard to bring drinking water in Dharan | खानेपानी ल्याउन श्रमदान गर्दै धरान उपमहानर प्रमुख हर्कराज राई

 Harka Raj Rai Working hard to bring drinking water in Dharan | खानेपानी ल्याउन श्रमदान गर्दै धरान उपमहानर प्रमुख हर्कराज राई


Dharan, असार ४ गते।   धरान उपमहानगर प्रमुख हर्कराज राईले Drinking को लागि पकुवा खोलामा श्रमदान गर्नुभएको छ।  

उपमहानगर प्रमुख भएपछि खानेपानी संरचनाको मर्मत, वितरण र नयाँ स्रोत खोजीमा केन्द्रित हुनुभएका राई शनिबार श्रमदान गर्न खोलामा पुग्नुभएको हो। 
Harkaraj Rai



धरानको  मुख्य समस्या खानेपानी हो। यो विषय हरेक चुनावको एजेन्डा बने पनि पानी वितरण गर्न भने कसैले सकेका छैनन्। 

उपमहानगर प्रमुख राईको चुनावको मुख्य एजेन्डा खानेपानी नै थियो। सोही अनुरुप प्रमुख पदमा निर्वाचित भएपछि उहाँ पानीको जोहो गर्न लाग्नुभएको हो।

खानेपानी ल्याउन इञ्जिनियरसहित पकुवा खोलामा  पुगेर धराने जनताको सहकार्यमा शनिबार श्रमदान गर्नुभएको हो। 

दीर्घकालीन लक्ष्य भनेको सप्तकोशीबाट पानी ल्याउने भएपनि हालको समस्या समाधान गर्नका लागि धरान वरपर भएका पानीका मुहानबाट  समस्याको समाधान गर्ने तयारी भएको स्वीकय सचिव सुदर्शन लिम्बूले जानकारी दिनुभयो। 



 शनिबार दिउँसो खानेपानी व्यवस्थापन बोर्डका इञ्जिनियर र धराने जनतासँग सहकार्य गर्दै धरानको वडा नम्बर २० स्थित पकुवा खोलाको मुहान क्षेत्रमा प्रमुख राई पुग्नुभएको हो। 


पकुवाबाट खानेपानी आपूर्ति गर्न यसअघि नै प्राविधिकको टोलीले अध्ययन गरिसकेको छ। सोही अध्ययनलाई अन्तिमरुप दिन प्रमुख राई आफै इञ्जिनियरसहित स्थलगत निरीक्षणमा पुग्नुभएको हो। 

‘‘यो पानी पम्पिङ गर्नुपर्दैन, त्यसैले हाम्रो धेरै खर्च पनि हुँदैन,’ प्रमुख राईले भन्नुभयो, ‘‘यस्तै स्रोत थप गर्यौं भने पम्प नचलाउँदा बिजुलीको हाम्रो खर्च धेरै जोगिन्छ।’’

इञ्जिनियरका अनुसार करिब पाँच लाख हाराहारीको लागतमा पकुवाको पानी धरानमा ल्याउन सकिन्छ। त्यसका लागि मुहान क्षेत्रमा इन्टेक बनाउने र पाइपमार्फत् धरान ११ मा वितरणको लागि पानी पुर्याउन सकिन्छ। 

प्रमुख राईले पकुवाको पानी ल्याउनको लागि निर्माण कार्यमा आफैले  श्रमदान गर्नुभएको हो। उहाँले आफैले ढुंगा फुटाउने, बोक्ने र खन्ने काम गर्नुभयो। प्रमुख राईसँगै धरानका युवाले पनि श्रमदान गर्नुभएको छ।   


Write Comment Below: