काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो प्रतितोला एक लाख ३७ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य आज दुई हजार सात सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३४ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३३ हजार ८५० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ६५० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ६३० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।